×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पार्टी कार्यालय भव्य बनाउन कांग्रेसले १३ करोडमा किन्यो थप १९ आना जग्गा

पार्टी कार्यालय भव्य बनाउन कांग्रेसले १३ करोडमा किन्यो थप १९ आना जग्गा

काठमाडौं - नेपाली कांग्रेसले आफ्नो केन्द्रीय कार्यालय परिसर विस्तार गर्न थप जग्गा खरिद गरेको छ । पार्टीले ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयसँगै जोडिएको १९ आना जग्गा र त्यसमा बनेको तीनतले घर १३ करोड रुपैयाँमा खरिद गर्ने निर्णय गरेको हो ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, केन्द्रीय कार्यालयलाई थप फराकिलो र व्यवस्थित बनाउने उद्देश्यले उक्त घर-जग्गा खरिद गरिएको हो । ललितपुर निवासी अमिरमान अमात्यको नाममा रहेको उक्त सम्पत्ति खरिद गर्न शनिबार सम्झौता भएको छ ।

सम्झौतामा पार्टीका तर्फबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा कोषाध्यक्ष उमेश श्रेष्ठको उपस्थिति थियो । जग्गाधनी अमात्यलाई ५० लाख रुपैयाँ बैना दिई एक वर्षभित्र जग्गा पार्टीको नाममा पास गर्ने गरी सम्झौता गरिएको मुख्यसचिव पौडेलले जानकारी दिए ।

उक्त खरिदका लागि लाग्ने १३ करोड रुपैयाँ पार्टीका विभिन्न तहबाट संकलन हुने लेबी तथा देश-विदेशमा रहेका शुभेच्छुकहरूको सहयोगबाट जुटाइनेछ । यस प्रक्रियाले पार्टीको सम्पत्तिप्रति सबैको अपनत्वको भावना जगाउने विश्वास कांग्रेसले लिएको छ ।

प्रतिकृया दिनुहोस्