×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सत्ता गठबन्धन कुनैपनि हालतमा टुट्दैन : सम्मानित नेता खनाल

सत्ता गठबन्धन कुनैपनि हालतमा टुट्दैन : सम्मानित नेता खनाल

विराटनगर- नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सत्ता गठबन्धन कुनै हालतमा पनि नटुट्ने बताएका छन् । बुधबार विराटनगरमा भरतमोहन अधिकारीको तेश्रो स्मृति दिवस तथा ज्येष्ठ नगारिक आधारभूत तथा प्रविधिमूलक शिक्षा कार्यक्रमको उद्घाटन गर्दै नेता खनालले लोकतन्त्र र संविधान रक्षाका लागि गठबन्धन निर्माण गरिएकोले कुनै हालतमा पनि नटुट्ने बताएका हुन् ।

उहाले लोकतान्त्रिक मुल्य मान्यताको रक्षाका लागि पनि गठबन्धन आवश्यक भएको तथा समाजवादी क्रान्ति र रूपान्तरणका लागि यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गरे ।

खनालले आफ्नो पार्टीका सांसदलाई निकाल्ने कसैको तागत नभएको दाबी समेत गरे । उनले मनमोहन अधिकारी प्रधानमंत्री र भरतमोहन अधिकारी अर्थमन्त्री भएको कम्युनिष्ट सरकारले जेष्ठ नागरिक लगायतलाई सामाजिक सुरक्षा भत्ता दिएर सम्मानित गर्ने परम्परा शुरू गरेको बताए ।

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले शुरू गरेको आधारभूत तथा प्रविधियुक्त शिक्षा कार्यक्रममा ४० जना जेष्ठ नागरिकहरूलाई एक वर्ष सम्म प्रविधियुक्त शिक्षा दिने बताइएको छ ।

प्रतिकृया दिनुहोस्