×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

प्रवास

कांग्रेस अधिवेशन : ज्ञान, सीप र लगानीलाई नेपालसँग जोड्ने संकल्प सहित डीपी कंडेल केन्द्रीय सदस्यको दौडमा

कांग्रेस अधिवेशन : ज्ञान, सीप र लगानीलाई नेपालसँग जोड्ने संकल्प सहित डीपी कंडेल केन्द्रीय सदस्यको दौडमा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डापानी (डीपी) कंडेलले एसिया-प्रशान्त क्षेत्रबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। प्रवासमा नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ बनाउँदै विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र लगानीलाई देशसँग जोड्ने उद्देश्य सहित कंडेलले आफ्नो उम्मेदवारी अघि सारेका हुन्।

नेपाली जनसम्पर्क समिति जापानका निवर्तमान सभापति तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी समेत रहेका कंडेल लामो समयदेखि कांग्रेसको संगठन निर्माण र प्रवासी नेपाली बीच पार्टीको विचार तथा लोकतान्त्रिक मूल्य स्थापित गर्ने अभियानमा सक्रिय छन्। उनले यसअघि गैरआवासीय नेपाली संघ (एनआरएनए) को एसिया-प्यासिफिक क्षेत्रीय उपसंयोजकको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

बागलुङको बिहुँकोटमा जन्मिएका कंडेल विगत २५ वर्षदेखि जापानमा व्यवसायसँगै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय छन्। प्रवासमा रहेर हासिल गरेको लामो अनुभव र संगठनात्मक भूमिकालाई अब पार्टीको केन्द्रीय तहमा उपयोग गर्ने उद्देश्यले उम्मेदवारी दिएको उनको भनाइ छ । कंडेलले आफ्नो उम्मेदवारीलाई व्यक्तिगत राजनीतिक आकांक्षाभन्दा पनि प्रवासमा रहेका कांग्रेसजनको आवाजलाई पार्टीको नीति निर्माणको केन्द्रसम्म पुर्‍याउने प्रयासका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार विदेशमा रहेका नेपालीसँग ठूलो ज्ञान, सीप, प्रविधि, पुँजी र अनुभव छ, त्यसलाई नेपालको विकास र समृद्धिसँग जोड्न कांग्रेसले प्रभावकारी नीति र संरचना निर्माण गर्न आवश्यक छ।

‘प्रवासमा कांग्रेसको संगठन बलियो बनाउने र प्रवासी नेपालीको अनुभव, सीप तथा लगानीलाई मातृभूमिसँग जोड्ने अभियानमा योगदान गर्ने उद्देश्यले उम्मेदवारी दिएको हुँ,’ कंडेलले बताएका छन्। उनले प्रवासमा रहेका नेपाली कांग्रेसका नेता–कार्यकर्ताबीच अझ बलियो एकता, समन्वय र संगठन निर्माण गर्दै जनसम्पर्क समितिलाई पार्टीको अन्तर्राष्ट्रिय संगठनका रूपमा थप प्रभावकारी र मजबुत बनाउने विषयलाई समेत आफ्नो प्राथमिकतामा राखेका छन्। कंडेलको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा एसिया–प्रशान्त क्षेत्रबाट प्रवासी प्रतिनिधित्वको बहस थप रोचक बनेको छ। यसअघि पनि उनी जनसम्पर्क समिति जापानको नेतृत्वमा रहेर प्रवासमा कांग्रेसको संगठन विस्तारमा सक्रिय रहँदै आएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका यसअघि सार्वजनिक गरिएको थियो।

प्रतिकृया दिनुहोस्