काठमाडौँ - नेपाली खेलकुद र क्रिकेट क्षेत्रलाई थप प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्सट्रीम इनर्जी ड्रिंकले राष्ट्रिय क्रिकेट टोलीका ९ प्रमुख खेलाडीहरूसँग औपचारिक सहकार्यको घोषणा गरेको छ। आइतबार नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा आयोजित एक विशेष समारोहका बीच एक्सट्रीम र खेलाडीहरूबीच ‘टिम एक्सट्रीम’ सम्झौता पत्रमा हस्ताक्षर भएको हो।
यस सम्झौताअनुसार सन्दीप लामिछाने, कप्तान रोहित पौडेल, सोमपाल कामी, आसिफ शेख, ललित राजवंशी, शेर मल्ल, ईशान पाण्डे, करण के.सी. र लोकेश बम ‘टिम एक्सट्रीम’मा आबद्ध भएका हुन्। अब यी ९ खेलाडीले मैदानमा प्रयोग गर्ने क्रिकेट ब्याटमा एक्सट्रीम इनर्जी ड्रिंकको लोगो रहनेछ भने ब्रान्डका विभिन्न प्रवर्द्धनात्मक गतिविधिमा उनीहरूको सहभागिता रहनेछ।
सोही कार्यक्रममा कम्पनीले नेपाल प्रिमियर लिग (NPL) का मुख्य प्रायोजक बनेका ७ टोलीको ब्रान्डिङ र पहिचान झल्किने विशेष संस्करणको इनर्जी ड्रिंक क्यान (Special NPL Edition Can) समेत सार्वजनिक गरेको छ।