डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय
चैत १९, २०८२काठमाडौं । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी उपसभापति डीपी अर्याललाई सभामुखका लागि प्रस्ताव गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले सभामुखमा अर्यालको नाम प्रस्ताव गरेका हुन् । सभामुखमा अर्यालको नाम सभापति लामिछानेले प्रस्ताव गरेपछि बैठकले सर्वसम्मत रूपमा उक्त पारित गरेको हो ।
सबै पढ्नुहोस