एमाले अध्यक्ष ओली आज चितवन आउँदै
कार्तिक २८, २०७९चितवन- नेकपा एमालेले आज चितवनमा चुनावी सभाको आयोजना गरेको छ । सभामा सम्बोधन गर्नको लागि एमाले अध्यक्ष केपी शर्मा ओली आज चितवन आउने भएका छन् । जिल्ला प्रहरी कार्यालयअगाडिको गेष्ट हाउस चौरमा एमालेको सभा हुन लागेको हो । अहिले बिहान ११ बजेबाट सभा सुरु हुने बताइएको छ । सोही गेष्ट हाउसको चौरमा दुई दिनअघि सत्तारुढ गठबन्धनले चुनावी सभाको आयोजना गरेको थियो ।
सबै पढ्नुहोस