धनगढी- बाजुरामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच झडप भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र कांग्रेसका कार्यकर्ताबिच झडप भएको हो।
दुई पार्टीका कार्यकर्ताबिच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। बिहान पौने ९ बजे झडप भएको बाजुरा प्रहरीले बताएको छ।
जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि राजन पाण्डे र टेकबहादुर बढुवाल स्वतन्त्र, एमालेबाट कर्णबहादुर थापा, नेपाली कांग्रेसबाट बद्री प्रसाद पाण्डे, राप्रपाबाट जंगकुमार गिरी र जनता समाजवादी पार्टीबाट रामबहादुर शाही उम्मेदवार छन्।