काठमाडौँ ७ मा मानुषीलाई जनसमाजवादीको समर्थन
कार्तिक २७, २०७९काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर ७ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा उम्मेदवार रहेकी मानुषी यमी भट्टराईलाई जनसमाजवादी पार्टीका उम्मेदवारले समर्थन गरेका छन्। काठमाडौँ ७ मा प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएका जनसमाजवादी पार्टीका नेता शैलेशराज श्रेष्ठले आफ्नो उम्मेदवारी निस्कृय पार्दै मानुषीलाई समर्थन गरेको विज्ञप्ति निकालेका छन्।
सबै पढ्नुहोस