×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तराईमा बाक्लो हुस्सु, सावधानी अपनाउन अनुरोध

तराईमा बाक्लो हुस्सु, सावधानी अपनाउन अनुरोध

काठमाडौँ- अहिले तराईका अधिकांश भूभागमा बाक्लो हुस्सु लागिरहेको छ। मौसम पूर्वानुमान महाशाखाले हुस्सु/कुहिरोले जनजीवन र यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन अनुरोध गरेको छ।
महाशाखाका अनुसार प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै महाशाखाले प्रदेश १, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागमा केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ। बुधबार देशका पहाडी भूभागमा आंशिक बदली रही तराईका धेरै भूभागमा बाक्लो हुस्सुरकुहिरो लागेको बुलेटिनमा उल्लेख छ।

हेर्नुहोस् आगामी तीन दिनको मौसम पूर्वानुमान

आइतबार

दिउँसोː प्रदेश नं १, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। बिहानीपख तराईका धेरै भू-भागहरूमा हुस्सु/कुहिरो लाग्ने सम्भावना रहेको छ।
रातिː सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ।

सोमबार

दिउँसोː सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आन्शिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

रातिː गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार

दिउँसोː देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
रातिː देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दूई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस्