काठमाडाैँ- सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल एमालेका शीर्ष नेताहरूबीचकाे छलफल शुरू भएकाे छ । नेताहरूबीच सिंहदरबारमा छलफल भइरहेकाे छ ।
एमाले नेता विष्णु रिजालकाअनुसार नेताहरूबीच समसामयिक विषयमा छलफल भइरहेकाे छ । ‘प्रधान मन्त्रीज्यू र प्रमुख प्रतिपक्ष दलका नेताहरूबीच छलफल भइरहेकाे छ, छलफलमा प्रतिपक्ष दलका नेताहरूसमेत हुनुहुन्छ,’ नेता रिजालले भनेका छन् ।
बैठकमा कांग्रेसकाे तर्फबाट प्रधान मन्त्री देउवासहित कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेता गगनकुमार थापा छन् भने एमालेबाट अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ्ग छन् ।
पछिल्लाे समय आफ्ना सत्ता सहयात्री दलहरूले साथ नदिएपछि प्रधान मन्त्री देउवाले ओलीलाई सत्ता-सहकार्यकाे प्रस्ताव गर्दै आएका छन् । तर, ओलीले सहर्ष रूपमा स्वीकारेका छैनन् । ओलीले पहिले संसद्मा एमालेले उठाइरहेकाे मागकाे सम्बाेधन हुनुपर्ने बताइरहेका छन् भने प्रधान मन्त्री देउवा अहिले याे अवस्थामा छैनन् ।
यसअघि सरकारकै आग्रहमा आज बस्नै भनिएकाे संसद् बैठक स्थगित भएकाे छ । आजकाे बैठककाे कार्यसूचीमा एमसीसीसमेत थियाे । तर बैठक स्थगित भयाे । अब पुन: शुक्रबार दिउँसाे १ बजेका लागि बैठक आह्वान गरिएकाे छ । एमसीसीकै कारण पाँचदलीय सत्ता गठबन्धन फुटकाे डिलमा पुगेकाे छ ।