×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सल्यानमा माओवादी एक्लै चुनाव लड्ने

सल्यानमा माओवादी एक्लै चुनाव लड्ने

काठमाडाैँ- नेकपा (माओवादी केन्द्र) ले सल्यानका सात स्थानीय तहमा मेयर र अध्यक्षको उम्मेदवार टुङ्गो लगाएको छ । माओवादी केन्द्रले जिल्लाका १० मध्ये सात स्थानीय तहमा प्रमुखका उम्मेदवार टुङ्गो लगाएको हो । 

सत्तारुढ गठबन्धनबीच तालमेलको टुङ्गो नलागेपछि माओवादी एक्लैले उम्मेदवार चयन गरेको हो । माओवादी केन्द्र सल्यानका संयोजक किर्तीबहादुर पुन अनुसार शारदा नगरपालिकाको प्रमुखमा प्रमोदकुमार श्रेष्ठ, बन्गाड कुपिण्डे नगरपालिकामा कर्णबहादुर बुढाथोकी, कालिमाटी नगरपालिकामा पुरुषोत्तम भट्टराई, कपुरकोट नगरपालिकामा प्रकाश भण्डारी, त्रिवेणी नगरपालिकामा राजेन्द्र थापा, सिद्धकुमाख गाउँपालिकामा रामबहादुर बुढाथोकी र दार्मा गाउँपालिकामा नीमबहादुर केसीको सर्वसम्मत रूपमा नाम सिफारिस गरिएको छ ।

अब बाग्चौर नगरपालिकामा, कुमाखमा र छत्रेश्वरी गाउँपालिकामा उम्मेदवार तय हुन बाँकी रहेको उनले बताए । ‘तालमेलको विषयमा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सँग कुरा नमिलेपछि हामी एक्लैले उम्मेदवार छनोट गरेका हौँ’, पुनले भने ।

प्रतिकृया दिनुहोस्