काठमाडौं - नेपाली हास्यव्यंग्यका क्षेत्रका वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र चर्चित गायिका मेलिना राइको स्वर रहेको गीत ‘माछीलाई खोलीको लेउ’सार्वजनिक भएको छ । गीतको भिडियोमा हरिवंश आचार्य संगै चर्चित नायक पल शाह, अभिनेत्री करिश्मा मानन्धर र केकी अधिकारीको अभिनय रहेको छ । यस भिडियोमा नरेन्द्र वियोगीको एरेन्ज रहेको छ भने विक्रम स्वारको निर्देशन तथा कोरियोग्राफी रहेको छ ।
छायाँकन नवराज उप्रेतीको रहेको यस गीतमा भुपेन्द्र अधिकारी र सुवर्ण दुलालले सम्पादन गरेका हुन् । यस अघि ३ वर्ष अगाडि रिलिज भएको‘माछीले खाने खोलीको लेउ’ अपार सफलता पछी यो गीतलाई पनि त्यही अपेक्षित नतिजाले हेरिएको छ। पहिलाको गीतले अहिलेसम्म करिब ५ करोड भिउज पाएको छ । त्यसमा सरोज ओली र मेलिना राईले स्वर दिएका थिए ।
त्यस गीतमा दिनेश थपलियाको शब्द र वसन्त सापकोटाको संगीत गीतमा रहेको थियो । सोही गीतको दोश्रो पार्टको रुपमा हरिवंश र मेलिनाको स्वरमा ल्याइएको हो ।