×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रहरीको हत्यामा संलग्नलाई कारबाही गर्ने प्रधान मन्त्रीको प्रतिबद्धता

प्रहरीको हत्यामा संलग्नलाई कारबाही गर्ने प्रधान मन्त्रीको प्रतिबद्धता

विराटनगर- प्रधान मन्त्री शेरबहादुर देउवाले चुनाव हुनेमा आशंका नगर्न उनले आग्रह गरेका छन् । तोकिएकै समयमा चुनाव हुने बताएका हुन् । मोरङको सुन्दर हरैँचा नगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान मन्त्री देउवाले चुनावका विषयमा आशंका नगर्न भनेका हुन् । लेटाङमा एक महिला प्रहरीको ज्यान जाने गरी भएको घटनाका दोषीलाई कारबाही गरिने प्रधानमन्त्री शेरबहादुर देउवा प्रतिबद्धता जनाएका छन् । लेटाङ घटनाको छानबिन गरी महिला प्रहरी हत्या भएको घटनामा संलग्नलाई कारबाही गरिने उनले बताए । 

सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ८ मा नगरपालिकाले प्रशासनिक भवन शिलान्यास गरिएको हो । निर्वाचन आयोगले काम अघि बढाइरहेकोले निर्वाचन आयोगले गरेको काममा सरकारले सहयोग गर्ने दाबी गरे । करिब २७ करोड लागतमा निर्माण हुने नगर प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।

कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकालले सरकारले चुनाव गराउनेमा शंका व्यक्त गरेपछि देउवाले चुनाव हुनेमा ढुक्क रहन आग्रह गरेका हुन् ।

प्रतिकृया दिनुहोस्