काठमाडौं - नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव तथा सहरी विकासमन्त्री रामकुमार झाँक्रीले ‘पिर्के सलामी’ लिएको तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यसको व्यापक आलोचना भएको छ । मन्त्री झाँक्रीले गृहजिल्ला गुल्मीको मदाने गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय पुर्कोट दहमा ‘पिर्के सलामी’ लिएकी थिइन् ।
जुन उनकै गाउँमा पर्ने र मन्त्री झाँक्रीकै पहलमा उक्त प्रहरी कार्यालय स्थापना गरिएको हो । तर उक्त तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना हुनपुग्यो । सामाजिक सञ्जाल प्रयोगकर्ता राजकुमार राईले झाँक्रीले लिएको सलामीको तस्वीर राख्दै ‘गफ गर्न धेरै सजिलो हजुर’ भनेर व्यङ्ग्य गरेका छन् ।