×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मदन भण्डारीको जस्तो सोच र संस्कार क्षमतावान् भएको नेता अहिलको राजनीतिमा कोही छैन : योगेश भट्टराई

मदन भण्डारीको जस्तो सोच र संस्कार क्षमतावान् भएको नेता अहिलको राजनीतिमा कोही छैन : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव योगेश भट्टराईले मदन भण्डारी पार्टीभित्र फरक मत राख्नेहरूसँग पनि सहकार्य गर्नसक्ने क्षमतावान् व्यक्तित्व  भएको बताएका छन् । 

काठमाडौंमा आयोजित ‘जननेता मदन भण्डारीको म्युजिक भिडियो’ विमोचन कार्यक्रममा उनले जननेता भण्डारीको विचार महाधिवेशनबाट अत्यधिक बहुमतले पास हुँदा पनि आफ्नो विचारको विपक्षमा रहेका नेतालाई अध्यक्षमा प्रस्ताव गरेको स्मरण गरे ।

सचिव भट्टराईले आजको राजनीतिमा यस्तो महान सोच र संस्कार नभएको पनि बताए ।‘जननेता मदन भण्डारीको विचार महाधिवेशनबाट अत्यधिक बहुमतले पास हुँदा मनमोहन अधिकारी, सिपी मैनाली, झलनाथ खनाल जस्ता वरिष्ठ नेताहरू उहाँको विचारको विपक्षमा थिए । तर, जब उहाँको विचार हलमा पारित भयो र आफ्नो विचारको विपक्षमा विचार राख्ने नेतालाई बोलाएर मनमोहन अधिकारीलाई पार्टी अध्यक्षमा प्रस्ताव राख्नुभयो आजको राजनीतिमा यो दुर्लभ कुरा हो । पार्टीभित्र फरक मत राख्नेहरूसँग सहकार्य गर्न सक्ने त्यो विशाल व्यक्ति हो मदन भण्डारी हुनुहुन्थ्यो,’ भट्टराईले भने ।  

उनले कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गर्ने र कम्युनिष्ट आन्दोलनलाई सामाजिक आन्दोलनमा रूपान्तरण गर्ने काममा मदन भण्डारीको योगदान महत्वपूर्ण रहेको पनि बताए । 

प्रतिकृया दिनुहोस्