काठमाडौं - श्रीमानको मृत्युपछी लास समेत आफु बस्ने डेराबाट आर्यघाट पुर्याउन नसकेकी माइली राईलाई सहयोग प्राप्त भएको छ। उनलाई किरिया खर्च बापत बेलायत रहेकी समाजसेवीद्वय इशा गुरुङ र इजरायलमा रहेकी सुनिताले समान रुपमा दश हजार (रु.१००००) नगद र दश हजार बराबरको ओढ्ने ओछ्याउने सामाग्रीहरु, खाद्यान्न सामग्रीरु र सरसफाई सामग्री सहयोग गरेका छन् ।
केहि दिनअघि मात्रै श्रीमान् गुमाएकी ५६ वर्षीया माइलीलाई खानाको समेत समस्या भएको भनेर समाचार आएको थियो। सो सहयोग आजै हस्तान्तरण गरिएको हाम्रो टिम नेपालका उमेश बोहराले जानकारी दिए । माइलिले पशुपति आर्यघाटनस्थित किरियापुत्री भवनको १०७ नम्बर कोठामा किरिया बारिरहेकी छन्।