×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

१ लाख ८० हजार मतपत्र आजदेखि छापिँदै

१ लाख ८० हजार मतपत्र आजदेखि छापिँदै

काठमाडाैँ- मतपत्र छपाइको काम साेमबारबाट शुरू हुने भएकाे छ । निर्वाचन आयाेगका प्रवक्ता शालिग्राम शर्मा पाैडेलकाअुसार १ लाख ८० हजार मतपत्र छापिने भएकाे छ । प्रवक्ता पौडेलले अहिलेसम्म १ लाख ८० हजार नमूना मतपत्र छापिइसकेकाले सोमबारबाट सक्कली मतपत्रको छपाइ कार्य शुरू हुने बताए । 

प्रवक्ता पौडेलले गृह मन्त्रालयले एकीकृत सुरक्षा योजनाको विषयमा आयोगलाई जानकारी गराइसकेको भन्दै त्यसप्रति आयोग गम्भीर भएर लाग्नेसमेत बताए । दुर्गम ठाउँमा मतपत्र पुग्नका लागि धेरै समय लाग्ने भएकाले सुरुमा दुर्गम ठाउँका लागि मतपत्र छापिने उनले जानकारी दिए ।

त्यस्तै कूल मतपत्रमध्ये ८ देखि २५ प्रतिशतसम्म जगेडा मतपत्र छापिने उनले बताए । ‘मनाङ‚ हुम्ला‚ जुम्लाजस्ता दुर्गम ठाउँका लागि सुगम ठाउँको भन्दा बढी मतपत्र जगेडा राखेर छपाइ गरिन्छ भने सुगम ठाउँका लागि कम जगेडा राखेर छापिन्छ‚’ प्रवक्ता पौडेलले भनेका छन् ।

प्रतिकृया दिनुहोस्