×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

जसपा बिभाजित बनेपछि अविश्वासको प्रस्ताव अलपत्र

जसपा बिभाजित बनेपछि अविश्वासको प्रस्ताव अलपत्र

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पाेख्रेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर सरकार ढलाउने कसरतमा लागेका विपक्षी दलहरू अंक गणित पुर्‍याउन नसकेर अलपत्र परेका छन् । प्रदेश सरकार ढाल्ने कि नढाल्ने बिषयमा निर्णाणक मानिएकाे जनता समाजवादी पार्टीका  सांसदहरूनै बिभाजित भएपछि यस्ताे अलपत्रकाे अबस्था आएको हाे । समाजवादीका ६ सांसदहरू मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारविरुद्ध एकमत हुन सकेका छैनन् ।

लुम्बिनी प्रदेशसभामा रहेका कुल ८७ मध्ये नेकपा एमालेका ४१ सांसद छन् । नेपाली कांग्रेसका १९, माओवादीका १८, जसपाका ६ र राजमोका १ जना सांसद रहेका छन् । माओवादीका २० मध्ये एमालेमा प्रवेश गरेका २ सांसदलाई कारवाही गरेपछि सो पार्टीका १८ सांसद बाँकी छन् । सभामुख पूर्णबहादुर घर्ती पनि माओवादीबाट प्रतिनिधित्व गरेका सांसद हुन् ।

दुई साताअघि नै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाले मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न भन्दै हस्ताक्षर संकलन शुरू गरेको खबर बाहिरिए पनि पूरै अंक गणित जुटाउन नसक्दा दलहरू अहिलेसम्म छलफलमै सीमित छन् ।

प्रतिकृया दिनुहोस्