×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोशीमा हर्क साम्पाङको पार्टीको 'सरप्राइज': कांग्रेस र एमालेलाई पछि पार्दै दोस्रो स्थानमा

कोशीमा हर्क साम्पाङको पार्टीको 'सरप्राइज': कांग्रेस र एमालेलाई पछि पार्दै दोस्रो स्थानमा

विराटनगर - कोशी प्रदेशको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपरिणाममा ठूलो हेरफेर देखिएको छ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको 'श्रम संस्कृति पार्टी' ले स्थापित दलहरू नेपाली कांग्रेस र नेकपा एमालेलाई समेत उछिनेर दोस्रो स्थान कब्जा गरेको छ।

कोशीमा रास्वपाको दबदबा निर्वाचन आयोगले दिएको तथ्याङ्क अनुसार कोशी प्रदेशमा कुल २० लाख १ हजार ३७५ सदरमत खसेको थियो। जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वाधिक ८ लाख ५३ हजार १८३ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। रास्वपाले कुल सदरमतको ४२.६३ प्रतिशत मत पाएको हो।

कांग्रेस र एमालेलाई श्रम संस्कृतिको धक्का सबैभन्दा रोचक नतिजा श्रम संस्कृति पार्टीको देखिएको छ। साम्पाङ नेतृत्वको यस पार्टीले २ लाख ९२ हजार ४९ मत (१४.५९%) प्राप्त गर्दै प्रदेशकै दोस्रो ठूलो शक्ति बनेको छ।

परम्परागत शक्ति मानिएका नेपाली कांग्रेस र नेकपा एमाले क्रमशः तेस्रो र चौथो स्थानमा खुम्चिएका छन्। कांग्रेसले २ लाख ९० हजार ५६२ मत (१४.५२%) र नेकपा एमालेले २ लाख ८८ हजार १८६ मत (१४.४०%) प्राप्त गरेका छन्। श्रम संस्कृति र कांग्रेसबीचको मतान्तर १ हजार ४८७ मात्रै छ।

अन्य दलहरूको अवस्था त्यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ९७ हजार ६७९ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ६२ हजार ८९९ मत प्राप्त गरेका छन्। यो नतिजाले कोशी प्रदेशमा वैकल्पिक राजनीतिक शक्तिहरूप्रति मतदाताको आकर्षण तीव्र रूपमा बढेको संकेत गरेको छ।

प्रतिकृया दिनुहोस्