×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रास्वपाको सरकारलाई चेतावनी: सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लेऊ

रास्वपाको सरकारलाई चेतावनी: सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लेऊ

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय तत्काल फिर्ता लिन कडा माग गरेको छ। रास्वपाको केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग प्रमुख सुमना श्रेष्ठले शुक्रबार एक विज्ञप्ति जारी गर्दै उक्त निर्णय नागरिक अधिकारको हनन भएको ठहर गरेकी छन्।

श्रेष्ठले सामाजिक सञ्जालको दुरुपयोग रोक्नका लागि नीतिगत, प्राविधिक र कानुनी उपायहरू अपनाउनुपर्नेमा जोड दिएकी छन्। साथै, उनले भविष्यमा नागरिक अधिकार कुण्ठित गर्ने कुनै पनि कदम नदोहोरिने स्पष्ट प्रतिबद्धता जनाउन पनि सरकारलाई सुझाव दिएकी छिन्।

सामाजिक सञ्जाललाई एकैपटक बन्द गर्नु नागरिक अधिकारको प्रत्यक्ष उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संवैधानिक व्यवस्था विपरीतको कदम भएको श्रेष्ठको भनाइ छ। उनले लोकतन्त्रमा कुनै पनि समस्याको समाधान नियमन, पारदर्शिता र कानुनी प्रक्रियाबाट खोज्नुपर्नेमा जोड दिएकी छन्।

“राष्ट्रिय स्वतन्त्र पार्टी नागरिक अधिकार, डिजिटल स्वतन्त्रता र जिम्मेवार सञ्चार प्रयोगको पक्षमा सदैव दृढतापूर्वक उभिएको छ,” श्रेष्ठले विज्ञप्तिमा उल्लेख गरेकी छन्, “नागरिक अधिकार कुण्ठित गर्ने गरी नेपाल सरकारले गर्ने यस्ता प्रयासप्रति हाम्रो कडा प्रतिवाद रहने छ।”

प्रतिकृया दिनुहोस्