×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

माओवादीमा महासचिवका तीन विकल्प”: जनार्दनलाई बनाउने प्रचण्डको तयारी !

माओवादीमा महासचिवका तीन विकल्प”: जनार्दनलाई बनाउने प्रचण्डको तयारी !

काठमाडौं- नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारबाट काठमाडौंमा जारी छ । यसै बैठकबाट माओवादीले पदाधिकारी टुंगो लगाउने भनेको छ ।

केन्द्रीय समिति बैठकबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदाधिकारी टुंगो लगाउने विशेष जिम्मा पाएका छन् । प्रचण्ड यतिखेर पदाधिकारी टुंगो लगाउने कसरतमा जुटेका छन् ।

माओवादीको पदाधिकारी टुंगो लगाउने विषय महासचिवमा अड्केको हो । जनर्दन शर्मा र वर्षमान पुन मध्ये एकलाई महासचिव छान्न प्रचण्डलाई हम्मे–हम्मे परेको छ ।

प्रचण्ड दोहोरो चेपुवामा परेका छन् । शर्मालाई महासचिव बनाउँदा आफ्नै समूहका पुन बाहिरिने र पुन ई महासचिव बनाए माओवादीमा अलग सत्ताको अभ्यास गरिरहेका प्रभाकर झन् टाढिने चिन्ता छ । यसै कारण प्रचण्डले ठोस निर्णय लिन नसकेका हुन् । पदाधिकारीको अन्य पदमा भने खासै समस्या छैन । लगभग कुरा मिलिसकेको छ ।

महासचिवबारे तीन विकल्पमा छलफल

माओवादीमा अन्य पदभन्दा महासचिवमा चासो बढी देखिएको छ  । वर्षमान पुन र जनार्दन शर्मा महासचिवका प्रबल दाबेदार हुन् । शक्ति बस्नेतले पनि महासचिवमा चासो राखेका छन् । तर उनको सम्भावना कम छ ।

माओवादी नेताहरुका अनुसार वर्षमान पुन र जनार्दन शर्मा महासचिवका विषयमा सहमति नजुटे प्रचण्डले तेस्रो व्यक्तिलाई महासचिव प्रस्ताव गर्नसक्ने सम्भावना छ । यस्तोमा दुवै नेताहरुलाई उपमहासचिवको जिम्मेवारी दिइन सक्छ ।

महासचिव चयन गर्न तीन विकल्पमा छलफल भइरहेको छ । एक, शर्मा र पुनमध्ये एकलाई महासचिव र अर्कोलाई उपाध्यक्ष बनाउने । दोस्रो शर्मा र पुनभन्दा सिनियरबाट महासचिव बनाउने । तेस्रो, पुन र शर्माभन्दा जुनियरलाई महाचिव बनाएर दुवैलाई उपाध्यक्षमा थन्काउने ।

पुन र शर्माभन्दा सिनियरलाई महासचिव बनाउने सवालमा कृष्णबहादुर महरा लगायतको नाममा छलफल चलिरहेको छ । जुनियरको सवालमा छलफल चल्दा शक्ति वस्नेत लगायतको नाममा आएको छ ।
पुन र शर्माध्ये एकलाई चुन्नु पर्ने अवस्था आएमा मदतानबाहेक अन्य विकल्प नरहेको एक नेता बताए । तर, निर्वाचन हुने सम्भावना छैन ।

ति नेता भन्छन् महाधिवेशन सम्पन्न भएको यतिका समय भइसक्यो । अब मतदानबाट नेतृत्व चयन गर्ने कुरा सम्भव छैन । त्यसैले सहमतिबाटै नेतृत्व चयन गर्नुको विकल्प छैन । अध्यक्ष प्रचण्ड पनि मतदान नगर्ने तर दुवैलाई अटाएर लैजाने सोचमा हुनुहुन्छ ।’

आदिवासी जनजाति लखेट्ने खेल !
पछिल्लो समय माओवादीमा आदिवासी जनजातिलाई पार्टीले उचित स्थान दिन नचाहेको आरोप लाग्ने गरेको छ । यतिखेर अनन्तलाई महासचिव बन्न नदिने खेल पनि त्यसको निरन्तरता रहेको माओवादीका आदिवासी जनजाति नेतले आरोप लगाउन थालेका छन् ।

माओवादीका एक जनजाति नेताले भने– ‘माओवादीलाई यहाँसम्म ल्याउन आदिवासी जनजाति समुदायले ठूलो बलिदान गरेको छ । तर, पार्टीबाट त्यो बलिदानको अवमूल्यन गर्ने काम हुँदै आएको छ । अहिले महासचिवका लागि योग्य भएर पनि आदिवासी जनजाति भएकै कारण अनन्त कमरेडलाई अवसरबाट वञ्चित गराउने खेल सुरु भएको बुझिन्छ । यसको मूल्य पार्टीले चुकाउनु पर्छ ।’

ति नेताले थपे-‘पछिल्लो समय हरेक समितिको नेतृत्व हेर्नु भए हुन्छ । जनवर्गीय संगठनका नेतृत्व हेरे हुन्छ । जहाँ पनि आदिवासी जनजातिलाई बाइपास गर्ने काम भएको छ । यसले पार्टी भित्र ठूलो विद्रोहको खतरा बढ्दै गएको छ ।’

के छ प्रचण्डको तयारी  ?
प्रचण्ड यतिखेर एकलाई थमाएर अर्कोलाई फकाउने तयारीमा लागेको हुनसक्ने बुझिन्छ । पार्टीमा अलग सत्ताको अभ्यास गरिरहेका जनार्दन शर्मालाई महासचिव बनाएर शक्ति सन्तुलन गर्ने प्रचण्डको तयारी रहेको हुनसक्ने प्रचण्डसँग अति निकट एक शीर्ष नेताले बताए ।

सधैं आफूसँगै रहने पुनलाई फकाएर उपाध्यक्ष बनाउने र शर्मालाई महासचिव बनाउने प्रचण्डको तयारी हुनसक्ने ती शीर्ष नेताको बुझाइ रहेको छ ।

उनले भने- ‘अध्यक्ष कमरेडले पछिल्लो भेटमा पार्टीभित्र शक्ति सन्तुलन बिग्रदै गएको र त्यसलाई मिलाएर जानुपर्ने अवस्था आएको सुनाउनु भएको थियो । उहाँले खुलेर नभने पनि उहाँको कुरा बुझ्न टाढा जानु पर्दैन । किनकी, उहाँलाई खतरा पुनसँग होइन, शर्मासँग महसुस भएको हुनसक्छ ।’

तर पनि, सहजै जनार्दनलाई महासविच बनाउने प्रचण्डको चाहना नरहेको बुझिन्छ । पछिल्लो भेटमा एक शीर्ष नेताले ‘सारै भयो शर्मालाई महासचिव बनाउनुस्’ भन्दै सुझाव दिएका थिए ।

प्रचण्डले जवाफमा ‘हुन्न’ भनेको ति नेताले बताए ।

ठूलो तप्का जनार्दनको विपक्षमा
प्रचण्डले बाध्यात्मक अवस्थमा जनार्दन रोज्ने अवस्था बने पनि माओवादीको ठूलो तप्का उनको को विपक्षमा देखिन्छ ।

बजेट बनाउने प्रकृयामा प्रभाकरमाथि उठेका प्रश्नले माओवादी नेता कार्यकर्ताको ठूलो तप्का जनार्दन ई महासचिव बनाउन नहुने पक्षमा रहेका छन् । यस्तो अवस्थामा उनलाईलाई महासचिव बनाउए सिंगो पार्टी नै नैतिक प्रश्नको घेरामा पर्ने धेरैले भन्ने गरेका छन् ।

तर, प्रचण्ड भने पछिल्लो समय शर्माप्रति अति नै नरम देखिन्छन् । बजेटमाथि देखिनेगरी छेडखानी भए पनि प्रचण्डले उनलाई केही भन्न सकेका छैनन् ।सोमबार प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले प्रतिनिधि सभालाई सम्बोधन गर्दै अर्थमन्त्रीले ‘राष्ट्रद्रोह’ गरेको आरोप लगाइसकेका छन् । उनले संसदीय छानविन समिति नै बनाउन माग गरेका छन् ।

आइतबार अर्थमन्त्रालयले बजेट बनाउने समयको सीसीटीभी फुजेट डिलिट भएको सार्वजनिक गरेसँगै सिंगो देश नै प्रभाकरविरुद्ध लागेको छ । तर, पनि प्रचण्डले यसबारे जनार्दनलाई प्रश्न गर्न सकेका छैनन् ।

यसअघि पनि बजेटमा विचौलीलाई प्रवेश गराएको आरोप लागेपछि माओवादीकै नेताहरुले अर्थमन्त्रीलाई फिर्ता बोलाउन माग गरेका थिए । तर, प्रचण्डले अवस्था त्यस्तो नरहेको भन्दै जनार्दनलाई जोगाएका थिए ।

माओवादी पार्टीलाई नै बदनाम गराउने काम जनार्दनबाट भएतापनि प्रचण्डले केही नगरेको भन्दै माओवादीबाटै आलोचना भइरहेको छ । तर, प्रचण्ड भने प्रभाकरप्रति अति नै लोयल देखिएका छन् ।

 

 

 

प्रतिकृया दिनुहोस्