काठमाडौँ - १५ गते काठमाडौं तीनकुनेको प्रदर्शनपछि पक्राउ परेका राप्रपा महामन्त्री धवल शमशेर राणालाई छाड्ने तयारी गरिएको छ । महामन्त्री राणालाई उपचारका लागि छाड्न लागिएको हो ।
गृह मन्त्रालय स्रोतका अनुसार राणाको परिवारले उपचारको प्रबन्ध मिलाउनका लागि रिहा गर्न निवेदन दिएको थियो । गृह मन्त्रालयका अनुसार बोलाएको बखत उपस्थित हुने गरी रिहा गर्न लागिएको हो ।
चैत १५ गते राजावादीको हिंसात्मक प्रदर्शनपछि राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री राणालगायतका नेता कार्यकर्ता पक्राउ परेका थिए ।
चैत १५ गते नै पक्राउ परेका मिश्र र राणालगायतका व्यक्तिविरुद्ध पहिलो पटक ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो । त्यपछि उनीहरूविरुद्ध चैत २० गते ६ दिनको म्याद थप गरिएको थियो । पछिल्लो पटक भने चैत २६ गते उनीहरूविरुद्ध १५ दिनको म्याद थप भएको थियो ।