×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मधेसको नयाँ मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त

मधेसको नयाँ मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त

जनकपुर - मधेस प्रदेशको मुख्यमन्त्रीमा लोसपाका जितेन्द्र सोनल नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

लोसपाका संसदीय दलका नेता सोनललाई अन्य छवटा दलको समर्थन रहेको छ। जसपा नेपाल, माओवादी केन्द्र, जनमत, नेकपा एस र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा सोनलले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

यता, कांग्रेसले पनि नेकपा एमाले र जनमतको समर्थन आफूलाई रहेको भन्दै नयाँ सरकार गठनका लागि दाबी पेस गरेको थियो। तर जनमतका संसदीय दलका नेता महेश यादवले आफ्नो पार्टीको समर्थन लोसपालाई रहेको भन्दै प्रदेश प्रमुखलाई पत्राचार गरेका थिए।

कांग्रेसले जनमत पार्टी आधिकारिक रूपमा फुटिसकेको अवस्थामा महेश यादव दलको नेता नरहेको भन्दै सांसदहरूको सनाखत हुनुपर्ने माग गरेपछि प्रदेश प्रमुख कार्यालयमा केही समय तनाव उत्पन्न भएको थियो।

प्रतिकृया दिनुहोस्