×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मंगलबारबाट धर्ना थाल्ने पौडेल पक्षका सभापतिहरुको चेतावनी

मंगलबारबाट धर्ना थाल्ने पौडेल पक्षका सभापतिहरुको चेतावनी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरूले मंगलबारदेखि पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने चेतावनी दिएका छन् ।

सोमबारसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्न माग गर्दै सभापति शेरबहादुर देउवालाई दुई दिने अल्टिमेटम दिए पनि त्यो पूरा नभएकाले मंगलबारबाट पार्टी कार्यालय सानेपामा धर्ना दिने नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बताए ।

पार्टी सभापति देउवाले क्रियाशील सदस्यता सार्वजनिक गर्न चासो नदिएकाे पौडेल पक्षका सभापतिहरुको आरोप छ ।

उनीहरूले प्रत्येक सदस्यको क्रियाशील सदस्यताबारे सुसूचित हुन पाउने अधिकारको सम्मान गर्दै अविलम्ब क्रियाशील सदस्यताको सम्पूर्ण सूची सार्वजनिक गरिनुपर्ने, क्रियाशील सदस्यता तहगत निर्णय गरिएको सूचीका त्रुटि कमजोरीमाथि पार्टीको विधि, विधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्र अन्तिम रुप प्रदान गरिनुपर्ने, सबै जिल्लाका सभापतिको निर्वाचन प्रक्रियामा एकरूपता आउनेगरी निर्वाचन निर्देशिकालाई संशोधन गरिनुपर्ने निर्वाचन प्रक्रियामा सबै जिल्ला सभापतिको एकरूपता आउने गरी निर्वाचन निर्देशिका संशोधन गर्नुपर्नेलगायत माग गरेका छन् ।

प्रतिकृया दिनुहोस्