×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चुनावी प्रचारका क्रममा चार दिनका लागि झापा जाँदै ओली

चुनावी प्रचारका क्रममा चार दिनका लागि झापा जाँदै ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी अभियान तथा प्रचारका क्रममा आज झापा जाँदै छन् । उनी चार दिन झापामै रहने छन् । त्यसक्रममा उनी मतदातासँगको भेटघाट, कार्यकर्ता भेलामा सहभागी हुने बताइएको छ ।

झापा एमालेका अनुसार ओली दिउँसो २ बजे भद्रपुर विमानस्थल उत्रिनेछन् । शुक्रबार अपरान्ह स्थानीय सिटी गार्डेन होटलमा आयोजना हुने एमाले–राप्रपाको संयुक्त भेलालाई उनी र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सम्बोधन गर्नेछन् ।

अध्यक्ष ओलीले आजै क्षेत्र नम्बर ५ को दमकमा आयोजना हुने दुईवटा भेटघाट तथा भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । ओलीले क्याम्पस मोडमा आजै मतदातासँग अन्तरक्रीया र सम्बोधन पनि गर्नेछन् ।

प्रतिकृया दिनुहोस्