×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चन्द्रनिगाहपुर सौर्य विद्युतको ४ मेगावाट राष्ट्रिय प्रसारणमा

चन्द्रनिगाहपुर सौर्य विद्युतको ४ मेगावाट राष्ट्रिय प्रसारणमा

चन्द्रनिगाहापुर सौर्य विद्युत् आयोजनाको ४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । रौतहतको चन्द्रनिगाहापुरमा अपि पावर कम्पनीले निर्माण गरेको उक्त आयोजनाको विद्युत् आइतबारबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।

आयोजनाले १५ दिनको परीक्षण उत्पादन पनि व्यवसायिक उत्पादन सुरु गर्ने भएको छ । १५ दिनमा कम्पनीले उत्पादन गरेको विद्युत् निशुल्क विद्युत् प्राधिकरणलाई प्रदान गर्ने जनाएको छ ।

आयोजनाले उत्पादन गर्ने सौर्य विद्युत् प्रतियुनिट ७ रुपैयाँ ३० पैसाका दरले नेपाल विद्युत् प्राधिकरणले खरिद गर्ने सम्झौता(पीपीए) छ ।
१२ बिघा क्षेत्रफलमा ४ सय वाटका ११ हजार १ सय १२ वटा सौर्य प्यानल जडान गरी कम्पनीले उत्पादन गर्ने ४ मेगावाट विद्युत् ३ किलोमिटर परको ३३ केभी प्रसारणलाईनमा जडान गरिएको छ ।

आयोजनाले वार्षिक ६९.२५ गिगावाट घन्टा तथा मासिक ५ लाख युनिटसम्म विद्युत उत्पादन गर्ने अनुमान गरिएको छ । यसअघि नेपालमा अन्य २ ओटा निजी क्षेत्रका आयोजनाले सौर्य विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण जोडिसकेका छन् ।

आयोजनामा ३३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यस मध्ये कम्पनीले ८.२५ करोड स्वपूँजी र २४ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरिएको छ । आयोजनामा बैंक अफ कागमाण्डूले ऋण लगानी गरेको छ।

कुशल प्रोजेक्ट नेपाल कम्पनीले आयोजना निर्माण गरेको हो । आयोजना निर्माणको ठेक्का सम्झौता १६ पुस २०७७ मा भएको थियो ।

योबाहेक अपि पावरले धनुषाको ढल्केबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सौर्य विद्युत् आयोजना निर्माण गरिरहेको छ ।

अपि पावरले दार्चुलामा १६.५ मेगावाटको मेगावाटका नौगाड र माथिल्लो नौगाड जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ । त्यस्तै, ४० मेगावाटको माथिल्लो चमेलिया निर्माण गरिरहेको छ।

 
 

प्रतिकृया दिनुहोस्