काठमाडाैँ- प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने सबैलाई कारबाही हुने बताएका छन् । शुक्रबार आयाेगमा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘आचारसंहिता उल्लंघन भएमा कानूनअनुसार आयोगले कारबाही गर्छ, कसैलाई छुट हुँदैन । यो कार्यान्वयन हुँदैन कि भनेर कसैले पनि शंका नमाने हुन्छ ।’
उनले केन्द्रदेखि स्थानीय तहसम्म नै अनुगमनको संरचना बनेको भन्दै आयोगले सुक्ष्मरूपमा अनुगमन गर्ने र त्यसका लागि सञ्चारमाध्यमले पनि आचारसंहिताको कार्यान्वयन भए नभएको विषयमा निगरानी गरिदिनुपर्ने बताए ।
निर्वाचन आचारसंहिता शुक्रबार राति १२ बजेबाट लागू हुँदैछ ।