×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

के सिपाहीको मूल्य खाडीमा रगत पसिना बगाउने र सडकमा मम बेच्ने जति पनि छैन चिफसाब ?

के सिपाहीको मूल्य खाडीमा रगत पसिना बगाउने र सडकमा मम बेच्ने जति पनि छैन चिफसाब ?

काठमाडौँ l  भनिन्छ सायद नेपालको सबैभन्दा पवित्र संस्था भनेर नेपाली सेनालाई मानिन्छ । तर अफशोस संस्था जस्तो त्यसको नेतृत्व गर्ने जर्साब, चिफसाबहरु पनि संस्था जस्तै पवित्र र निश्चल भए सायद आज यस संस्थामा कार्यरत जवान अथवा भूतपूर्व जवानहरु खाडीको ५५ डिग्री तापक्रमका आफ्नो एकछाक गाँस र एक जोर नाना र जीवन धान्ने क्यासको लागि आफ्नो प्राणभन्दा पनि प्यारो जन्मभूमि र आफ्ना परिवारलाई छोडेर मुग्लान पस्नुपर्ने थिएन होला ।

प्रभुराम शर्मा  चिफसाब आज नेपाली सेनाका हजारौं सैनिकहरु बिना पेन्सन १७, १८ वर्षमै जागिर छाडी विश्वका विभिन्न देशमा आफ्नो ज्यानको प्रवाह नगरी मातृभूमिलाई छोडेर जानु कुनै रहरले पक्कै होइन ।

यसको कारण पहिलो त आफ्नै देशमा उचित रोजगारी नहुनु र अर्काे मुख्य कारण भनेको देशको एकमात्र संस्था नेपाली सेना जसको कल्याणकारी काेष तिनै गरिब नेपालीका छाेराहरूकाे रगत र पसिना यूएनकाे शान्ति सेनामा बेचेबापत कमाएको सम्पत्ति हो ।

त्यसरी जवानले आफूले पाउनुपर्ने रकममा पनि विभेदपूर्ण तरिकाले कटौती गरी अधिकृतलाई थोरै कटौती र अन्य दर्जा र सैनिकले पाउने शान्ति सेनाको रकमबाट धेरै नै कटौती गरी जम्मा भएको नेपाली सेनाको कल्याणकारी काेषको रकमलाई औंला भाँचेर पनि यति अर्ब  भयो र उति अर्ब भयो भनि गिन्ती गर्नुभन्दा अरु खासै जवानको लागि प्रत्यक्ष हितमा र उत्पादनमूलक क्षेत्रमा लगानी गरेको देखिंदैन ।

त्यसबाट सञ्चालन भएको अस्पताल र स्कूल भनेको नेतृत्वले सरकारसँगै यो सरकारको जिम्मेवारी हो भनि भन्न नसकी आफैंले आफ्नो जवानको रगत र पसिनाको मूल्यलाई अति भन्दा अति कम प्रतिशत मात्र लगानी गरी कुल सेनाको संस्थाका अति थोरै जवानको छोराछोरीलाई मात्र स्कूलले शिक्षा प्रदान गरेको छ ।

यस अवस्थामा नेतृत्वले कमसेकम प्रदेश र अञ्चलस्तरीय स्कूलमात्र भएपनि सञ्चालन गर्न सकेमा कमसेकम स्कूलस्तरका बालबच्चाले उच्च शिक्षासम्म पढ्न नसकेपनि माध्यमिक तहसम्म त सजिलै पठाउन सक्थे कि ? विडम्बना आज १ जवानको १ दिनको तलब भनेको मात्र ६, ७ सय मात्र हो । त्यसबाट उसलाई आफ्नो परिवार र आफ्नो घर खर्च र शिक्षादीक्षा चलाउन कति कठिन अवस्था छ ।

यसको बारेमा गरिब जवानहरुको जीवनस्तर उकास्नेतर्फ ध्यान कसको जाला । के आजसमम जवानको स्तरवृद्धिमा ध्यान नपुग्नु भनेको विस्तारै विस्तारै नेपाली सेनाको सैन्य दर्जा भर्ना प्रक्रियालाई महत्व नदिनु जस्तै होइन र ?

आज ८–१० वर्ष जागिर अविध भएको जवान जागिर छाडी सडकमा गाडामा तरकारी र मम बेचेर बसेको कयौं उदाहरण छन् । के देशको पिलर सिपाहीको मूल्य खाडीमा रगत पसिना बगाउने र सडकमा गाडामा मम बेच्ने जति पनि नभएको हो त चिफ प्रभुराम शर्मा सा'ब ?

सेनाकाे कल्याणकारी कोषमा भएको लगभग रु. ६० अर्ब हाम्रो रकमलाई उत्पादन क्षेत्रमा लगाउने र न्यून ब्याज लिएर अति विपन्न जवान तथा विल्लादारको जीवनस्तरवृद्धिमा लगाउन सकेमा आज नेपाली सेनाबाट राजीनामा दिएर हजारौं हजार देश छाडेर जाने जवानको सेनामै मोह बढ्थ्यो कि ? बरु जागिर अथवा घर जग्गा धितो राखेर भएपनि परिवारको स्वरोजगार तथा आवास कर्जाको लागि न्यून ब्याजमा कम्तीमा पनि ४०, ५० लाख कर्जाको व्यवस्था संस्थाले गरेमा आज हजारौं गरिब जवान, विल्लादारका साथै गिरब अधिकृतले पनि अवकाश पछि विदेशी भूमिमा रगत बगाउनबाट छुटकारा पाउथे कि हजुर ?  प्रभुराम शर्मा  चिफसाबकाे ३ वर्षे कार्यकालमा यसतर्फ ध्यान पुग्ने छ भन्ने अपेक्षा सकल दर्जाले गरेकाे छ ।
–नेपाली सेनाका पीडित जवानहरु

प्रतिकृया दिनुहोस्