काठमाडौं- काठमाडौं महानगरका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्। बालेनले बुधबार बालुवाटारमा प्रधानमन्त्री देउवालाई भेटेका हुन्।
सो भेटमा आफ्नो पूर्ण समर्थन रहने प्रधानमन्त्रीले बालेनलाई आश्वासन दिए। महानगरको कार्यपालिकामा पनि कांग्रेसको बहुमत रहेकोले विकासको काममा सहयोग हुने देउवाले बताए।
भेटका क्रममा प्रधानमन्त्री देउवाले खुसी हुँदै ‘तपाई ले चमत्कार गर्नुभयो। म खुशी छु’भनेको बताइएको छ।
काठमाडौंको फोहोर व्यवस्थापनको लागि पनि जे जे उपाय छ लगाउन र त्यसमा केन्द्र सरकार, मन्त्रालय, सडक बिभाग सबैबाट सहयोग हुने प्रधानमन्त्रीले बालेनलाई बताएका थिए। यसअघि बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए।
कांग्रेस, एमालेका उम्मेदवारलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार बालने काठमाडौंको मेयरमा विजयी भएका थिए।