पोखरा- स्थानीय तह निर्वाचअन्तर्गत कास्कीको पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म एक लाख १९ हजार ३१९ मतगणना गरिएको छ ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता फराकिलो बनेको छ । उनले ४७ हजार ९९२ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्ण थापाले ४४ हजार १३९ मत ल्याएका छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार शंकर खरालले पाँच हजार १६४ मत प्राप्त गरेका छन् । लौरो चुनाव चिह्नबाट स्वतन्त्र उमेदवार खडकराज पौडेल (गनेस) दुई हजार ८१५ मतसहित चौथो स्थानमा छन् ।
उपप्रमुखमा नेकपा (एमाले)की उमेदवार मञ्जु गुरुङको अग्रता छ । उनले ५० हजार २६० मत पाएकी छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी उमेदवार कोपिला रानाभाटले ४७ हजार ४७० मत ल्याएकी छन् ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की उमेदवार रन्जना सेनले पाँच हजार ११९ मत पाएकी छन् ।