×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पार्टी कार्यालय व्यवस्थित गर्न १०० रुपैयाँको दरले सदस्यबाट रकम संकलन गर्दै माओवादी केन्द्र

पार्टी कार्यालय व्यवस्थित गर्न १०० रुपैयाँको दरले सदस्यबाट रकम संकलन गर्दै माओवादी केन्द्र

काठमाडौं- नेकपा माओवादी केन्द्रले हरेक पार्टीका ८ लाख सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै माओवादी केन्द्रले सदस्यहरुबाट आर्थिक संकलन गर्ने भएको हो ।

आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एक महिना भित्र न्यूनतम एक सय रुपैयाँको दरले रकम संकलन गर्ने निर्णय गरेको हो । माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न सबै सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय भएको जानकारी दिए ।

प्रतिकृया दिनुहोस्