×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

संसदमा प्रदीप ज्ञवालीको प्रश्न : पेट्रोलियम पदार्थको मूल्य किन घटेन ?

संसदमा प्रदीप ज्ञवालीको प्रश्न : पेट्रोलियम पदार्थको मूल्य किन घटेन ?

काठमाडौं - नेकपा एमालेले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले यही साउन महीनामा दुई-दुई पटक भारतीय आयल निगमले मूल्य घटाएर पठाउँदा पनि सरकारले मूल्य नघटाएको आरोप लगाउनुभयो।

सांसद ज्ञवालीले भन्नुभयो ‘‘भारतीय आयल निगमले दुई पटक मूल्य घटाएर पठायो। ३१ रुपैयाँ घटाउँदा पनि ने पालमा नघटाउने यो कहाँको न्याय हो ? सरकारले तत्काल पेट्रोलियम पदार्थको मूल्य घटाओस्। सरकारको नियत आयल निगमलाई विवादित बनाइ जनताको आक्रोश बढाउँदै गएर व्यापारीलाई पोस्ने देखियो ?’’

मूल्य बढाउने र भाउ घट्दा मूल्य नघटाएर नेपाल आयल निगमप्रति जनताको विश्वास घटाएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थ आयातको जिम्मा दिने तयारी सरकारले गरेको सांसद ज्ञवालीले बताउनुभयो । जस कारण भाउ बढाइरहेको सरकारले अहिले मूल्य नघटाएको उहाँको भनाइ छ ।  

प्रतिकृया दिनुहोस्