×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल

बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल

काठमाडौँ- स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले जिरोनाविरुद्ध जित निकालेको छ।  गए राति जिरोनाको मैदानमा भएको खेलमा पाहुना टोलीले १-० गोलको सङ्घर्षपूर्ण जित निकालेको हो। बार्साको जितमा खेलको ६१औँ मिनेटमा पेड्रीले गरेको गोल निर्णायक बन्यो।

गएरातिको जितसँगै बार्सिलोनाले शीर्ष स्थानको अङ्क दूरी ६ ले बढाएको छ । उसले १८ खेलबाट ४७ अङ्क जोड्दा दोस्रो स्थानको रियल मड्रिडले १७ खेलबाट ४१ बनाएको छ।  गए राति नै भएको खेलमा सेभियाले इल्चेलाई ३-० गोलले पराजित गर्दा रियल बेटिसले गेटाफेविरुद्ध १-० को जित निकालेको छ।

प्रतिकृया दिनुहोस्