महिलाहरुलाई अपमानित शब्द प्रयोग गरेर सामाजिक संजालमा गरेको कुप्रचार प्रति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन एनसीसी) जापानको ध्यान आकृष्ट भएको छ। यसका साथै महिलाहरुलाई यसरी अपमानित शब्द प्रयोग गर्ने व्यक्तिहरुलाई सामाजिक बहिस्कार गर्ने निर्णय पनि गरेको छ।
पछिल्लो समय नेपाली नारी हरुको सकृयाता देशको राजनीति होस् या परदेशको ब्यस्त जीवनशैली बाबजुद को समाजसेवा होस सबै तिर गर्बिलो उपस्थिती भएको अनुभब गर्न सकिन्छ।
हरेक सामाजिक,ब्यबसायिक होस् या राजनीतिक होस पुरुष प्रधान र पुरातनबादी सोच बाट माथि उठ्न नसकेको हाम्रो समाजमा महिला लाइ अनाहकमा निम्न स्तरमा झरि निराधार प्रहार भइरहेको देख्नु र सुन्नु ऐलेको आधुनिक समाजमा लज्जास्पद बिषय हो।
यसै क्रममा पैसाको घमन्डमा सामाजिक अपराधमा आफुलाइ अब्बल ठान्दै आएका र धादली भयो भनि पुस्टिका धेरै आधार देखिएको निर्वाचन पछि एनआरएनले गठन गरेको छानबिन समितिले प्रमाणत धादली भएको पुस्टि गरेको भ्रस्ट समितिको आफुलाइ कथित अध्यक्ष ठान्ने शिव प्रसाद पौडेल ले सामाजिक कार्यमा लामो समय देखी सकृय महिला दिदि बहिनिहरु लाइ लक्षित गर्दै "दुइ कौडिका आइमाइ" भनि गरिएको खेद्पूर्ण अभिब्यक्ती प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ।
त्यसैगरि धादली पुस्टि भएको निर्वाचनको आफुलाइ ठेकेदार सम्झिने अराजक कथित महासचिब सम्झने सिद्दार्थ श्रेष्ठले पनि तत्काल नै सामाजिक संजालमा संस्था र पदिय मर्यादा भुलेर गैर जिम्मेवार पूर्ण तरिकाले "दुइ कौडी" को संज्ञा दिदै सामाजिक लिखित भनाई राखेर संजालमा समग्र नारी जातिमा अपमान भएको हामिले महशुस गरेको छौ।
सम्मानित नारी समुदायको समग्र अपमान हुने गरि अत्यन्त निम्न स्तरमा झरि "दुइ कौडिका आइमाइ" भनेर संज्ञा दिने अराजक तत्वको खेद पूर्ण अभिब्यक्तिप्रति समग्र नारी जातिको अपमान भएकोले यस्ता अराजक तत्वलाइ समाजमा रहने कुनै नैतीक अधिकार नरहेको र सबै सम्बन्धित सरोकारवाला सामाजिक अभियन्ताहरुले सामाजिक बहिस्कार गर्न गराउन सम्पूर्ण नेपालीहरुमा एनआरएन एनसीसी जापान अपिल गर्दछ।
नेपाली समाजमा नारी लाई देबी,सरस्वती र आमा को सज्ञा दिने परम्पराबाट अनुग्रहित भएर हुर्केने हाम्रो लोककल्याणकारी समाज को प्रवृति र आधुनिक समाजमा नारी पुरुष समान हुन् एक ले अर्को को सम्मान गर्नु सबै को उतरदायित्व हो भन्ने संबिधानत व्यवस्था रहेको यो परिस्थितिमा नारी जगतको बेइज्जत हुने गरि गरिएको यस्तो अमर्यादित असामाजिक कार्यको घोर भत्सर्ना गर्दै तत्काल सम्बन्धित निकायबाट कारबाही को लागि अपिल गर्दछौ।
हेर्नुहोस विज्ञप्ति