×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

‘राउडी राठौर’को सिक्वेल तयारी, अक्षय कुमार र सोनाक्षी सिन्हा नै दोहोरिने

‘राउडी राठौर’को सिक्वेल तयारी, अक्षय कुमार र सोनाक्षी सिन्हा नै दोहोरिने

मुम्बई- बलिउड अभिनेता अक्षय कुमारको हिट फिल्म ‘राउडी राठौर’को सिक्वेल बन्ने भएको छ । फिल्म ‘बाहुबली’का लेखक केवी विजयेन्द्र प्रसादले यसको पुष्टि गरेका छन् । उनी आफैं यसको सिक्वेल लेखिरहेका छन् ।

उनका अनुसार सञ्जयलीला भन्सालीले उनलाई सिक्वेल लेख्नका लागि प्रस्ताव गरेका थिए । उनले नै यसको ओरिजिनल तेलुगू फिल्मको कथा लेखेका हुन् । तर सिक्वेलको कथा भने केवल हिन्दी भर्सनलाई मात्र हुनेछ ।

फिल्मको सिक्वेलमा अघिल्लो सिरिजका अभिनेता अक्षय कुमार र अभिनेत्री सोनाक्षी सिन्हा नै दोहोरिनेछन् । दुवैको ‘शिवा’ र ‘पारो’ नै नाम हुनेछ, जुन अघिल्लो फिल्ममा थियो । फिल्मको कथा भने अघिल्लो फिल्मको अन्त्यबाट हुने छैन । किनकि सिक्वेलको कथा अलग हुनेछ । फिल्मको छायांकन सन् २०२२ बाटै सुरु हुनेछ । एजेन्सी

 

प्रतिकृया दिनुहोस्