×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बुटवलमा राजनीतिक प्रशिक्षण दिँदै प्रचण्ड

बुटवलमा राजनीतिक प्रशिक्षण दिँदै प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार बुटवल पुगेका छन् । लुम्बिनी प्रदेशका पार्टी स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य तथा प्रदेशका पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिन प्रचण्ड साढे ११ बजे बुटवल पुगेका हुन् ।

पार्टीका रुपन्देही जिल्ला संयोजक निर्मल जीसीका अनुसार प्रचण्डले दिउँसो तीन बजेसम्म पार्टीका नेताहरुलाई प्रशिक्षण दिनेछन् । प्रचण्डसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव वर्षमान पुन पनि बुटवल पुगेका छन् ।

शुक्रबार धरानका मेयर हर्क साम्पाङको वृक्षरोपन अभियानमा सहभागी हुनुका साथै प्रदेश १ विभिन्न कार्यक्रममा सहभागी भएका प्रचण्ड शनिबार बुटवल पुगेका हुन् । त्यहाँको कार्यक्रम सकेर नेताहरु आजै काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।

प्रतिकृया दिनुहोस्