सुर्खेत- पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सुर्खेतका आन्दोल गरिएको छ । नेकपा एमाले निकट अनेरास्ववियु सुर्खेतले बिहीवार मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम सुर्खेतको प्रादेशिक कार्यालय घेराउ समेत गरेको छ ।
पेट्रोलियम पदार्थमा गरिएको मुल्य वृद्धि खारेज गर्न माग गर्दै कार्यालय घेराउ गरिएको हो । अनेरास्ववियुले मूल्यवृद्धिको विरोधमा आयल निगमको कर्णाली प्रादेशिक कार्यालय सुर्खेतमा केही समय धर्ना समेत दिएका छन् ।