काठमाडौं- आगामी ३ दिन प्रमुख नदीमा बहाव सतर्कता तह भन्दा तलै रहने नेपाल बाढी सूचनाले बताएको छ । नदीतटिय क्षेत्रका कार्य सजगताको साथ गर्न सकिनेछ । आज ईलाम, झापा, पाँचथर, ताप्लेजुङ, पर्वत, स्याङ्जा, कास्की, लमजुङ र आसपास भई बहने केही स–साना नदीहरुमा आकस्मिक वहाव हुन सक्ने नेपाल बाढी सूचना बताएको हो ।