काठमाडौं - इरानी चिया नेपालमा पनि प्रसिद्ध चिया सञ्जाल 'इरानी चाइ' को अवधारणामा 'इरानी चिया' नेपालमा पनि सुरु भएको छ।
काभ्रेका युवा उद्यमी सरोज पौडेलले जडीबुटीमा पहिलो पटक 'इरानी चिया' सुरु गरेका हुन्। "विभिन्न स्वादमा चियाका अनेक ब्रान्ड नेपालमा भित्रिएपनि यो अवधारणा नेपालकै पहिलो हो भन्ने लाग्छ" पौडेलले भने। पौडेलले दक्षिण कोरियाको वोसूंग विश्वविद्यालय बाट कलिनरी एमबिए मा स्नातकोत्तर गरेका छन्। "स्वदेशको शिक्षा प्रणाली चित्तबुझ्दो नभएर कोरियामा पढ्न जान बाध्य भएँ।" उनले भने, "विदेशमा पढेपनि उद्यम चाहिँ सधैं नेपालमै गर्ने सोच थियो। 'इरानी चिया' को यो पहिलो शाखा practical stage मा भएतापनि नेपालका विभिन्न मुख्य सहरहरू सहित ५० भन्दा बढी शाखामा विस्तार गर्दै नेपाली युवालाई स्वदेशमै रोजगारी प्रदान गर्ने सोच छ।" पौडेल हाल 'Le Professionnelle School of Hotel Management', गौशाला का सञ्चालक हुन्।