काठमाडाैँ - आज चैत्र २६ गते, प्रजातान्त्रीक आन्दोलनमा चैत्र २६ गतेको महत्व निकै रहेको छ । मुख्यत आजकै दिन प्रजातान्त्रीक दल नेपाली कांग्रेसको घोषणा र राजा बिरेन्द्रले बहुदलको घोषणा गरेको दिन । राणा शासनको अन्त्य गरि प्रजातन्त्र स्थापनाका लागी राजनितीक दल बनाउनुपर्ने भन्दै बि स २००३ साल असोज १८ गते त्यसबेला कलकत्तामा रहेका विपी कोईरालाले एक पत्रिका मार्फत गरेको आह्वान पछि कार्तिक १५ गते देवि प्र सापकोटाको नेतृत्वमा अखिल नेपाल राष्ट्रिय कांग्रेसको गठन भएको थियो ।
दलको उपसभापतिमा बालचन्द्र शर्मा,महामन्त्रीमा कृष्ण प्र भट्टराई,प्रचारमन्त्रीमा गोपाल प्र भट्टराई र कार्यालय सचिवमा ईश्वर बराल चयन हुनुभएको थियो भने विपीको सक्रियता रहेको थियो । एक महिनापछि प्रजापरिषदको आन्दोलनका बेला जेलवाट भागेका गणेशमान सिहं, सि क्लासका राणा सुर्वण सम्शेर र महाबिर सम्सेरसगँ सल्लाहा गरि माघ १२ र १३ गते कलकत्तामा अधिवेशन गरी दलको नाम नेपाली राष्ट्रिय कांग्रेस राखिएको थियो । दलको सभापतिमा नेपालको जेलमा रहेका टंक प्र आचार्य चयन भए भने कार्यकारी सभापतिमा विपी कोईराला ।
यसैगरि महामन्त्री बालचन्द्र शर्मा, प्रचार प्रमुख डिल्लीरमण रेग्मी,संगठन मन्त्री कृष्ण प्र भट्टराई,सहित सदस्यहरुमा गोपाल प्र भट्टराई, देवव्रत परियार,डि एन प्रधान,ल्याक्पा छिरी शेर्पा हुनुहन्थ्यो । यता सुर्वण सम्सेरले विपीसगँ असहमत भएपछि २००५ साल साउन १ गते नेपाल प्रजातन्त्र कांग्रेसको स्थापना भएको थियो ।
पहिलो सम्मेलनले महेन्द्रबिक्रम शाहलाई सभापति बनाएको थियो भने सुर्य प्र उपाध्याय महासचिव,प्रेम ब कंशाकार सहायक महासचिव,बाबुलाल मोत्तान र सुन्दरराज चालिसे सचिब र राजेश्वरी उपाध्याय कोषाध्यक्ष छानिएका थिए । विपी कोईरालाको टिम तत्काल ससस्त्र संघर्ष गर्न नहुने पक्षमा थिए भने सुर्वणको टिम सशस्त्र संघर्ष गरेर मात्रै राणा शासन ढलाउने पक्षमा थिए ।
पछि भारतिय नेताहरुको प्रयासमा पटनामा जयप्रकाश नारायणको घरमा विपी र सुर्य प्र उपाध्यायबिच पार्टी एकताको विषयमा वार्ता भएको थियो । बिभीन्न छलफलपछि आजकै दिन २००६ चैत्र २६ गते कलकत्तामा बृहत सम्मेलन गरी गरी नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातत्त्र कांग्रेसको एकिकरण गरी दलको नाम नेपाली कांग्रेस घोषणा गरिएको थियो । दलको सभापतिमा नेपाली राष्ट्रिय कांग्रेसका तत्कालिन सभापति मातृका प्र कोईराला र महामन्त्रीमा नेपाल प्रजातत्त्र कांग्रेसका तत्कालिन सभापति महेन्दबिक्रम शाह चयन भएका थिए ।
आजकै दिनको अर्को महत्वपुर्ण घटना हो राजा विरेन्द्रले वहुदलको घोषणा गरेको दिन । आजकै दिन २०४६ साल चैत्र २६ गते पञ्चायत व्यवस्थावाट आजित भएका नेपाली कांग्रेस र तत्कालिन वाममोर्चाले गरेकोे संयुत्त आन्दोलनका कारण राजा विरेन्द्रले जनताको शासन स्विकार्दै संबैधानिक राजा बन्न तयार भएर बहुदलिय व्यवस्थाको घोषणा गरेका थिए । २ दिन अघि चैत्र २४ गते राजा विरेन्द्रलेनै गठन गरेको लोकेन्द्र ब चन्द नेतृत्वको सरकार विघटन गरी अन्तरिम सरकार गठन गर्न दलहरुलाई स्विकृति दिएका थिए ।
तर कांग्रेस र एमालेले संसदिय व्ववस्थालाईनै राम्रोसगँ प्रयोग गर्न नजान्दा देशले सम्वृदि देख्न पाएन । दलहरुको झगडाको फाइदा उठाउदै राजा ज्ञानेन्द्र संकटकालनै लगाएर शासन हातमा लिए । जनतालाई कहिले अधिकार त कहिले सुखी र सम्वृदि दिने बहानामा राजा र दलहरुले पालैपालो जनतामाथी शासन चलाए । अचेल गणतन्त्रको नाममा उस्तै जनतालाई भेडा बनाउने शासन चल्दैछ । हामीले कहिलेसम्म यस्तो नियती भोगिरहनु पर्ने । अचेल जनताले सोधिरहेछन् बहुललिय व्यवस्था र गणतन्त्रले हामीलाई के दियो ?