×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फिल्म रिलिज गर्दा निर्माता संघ र चलचित्र संघको अनिवार्य स्वीकृति लिनुपर्ने

फिल्म रिलिज गर्दा निर्माता संघ र चलचित्र संघको अनिवार्य स्वीकृति लिनुपर्ने

काठमाडौं -अबदेखि हलमा फिल्म प्रदर्शन गर्दा चलचित्र निर्माता संघको अनिवार्य स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ । मंगलबार चलचित्र निर्माता संघ र चलचित्र संघको कार्यदलले यसबारे सहमति जुटाएको हो ।
सहमति अनुसार अब फिल्म रिलिज गर्नुअघि निर्माता संघ र प्रदर्शकहरुको संस्था चलचित्र संघमा अनिवार्य दर्ता हुनुपर्ने कार्यदलका सदस्य गोपाल कायस्थले बताए । यससँगै अब स्वतन्त्र रुपमा कसैले पनि हलमा फिल्म रिलिज गर्न नपाउने भएका छन् ।
कार्यदलले एकै मितिमा दुई भन्दा बढी फिल्म रिलिज गर्न नपाइने अहिलेको नियमलाई समेत खारेज गर्ने सहमति जुटाएको छ ।
‘खुला बजारको अवधारणा अनुसार एकै मितिमा अब दुई भन्दा बढी पनि फिल्म रिलिज हुन पाउनेछन्,’ कायस्थले भने । कार्यदलमा निर्माता संघको तर्फबाट उदय सुब्बा संयोजक र चलचित्र संघबाट कायस्थ सदस्य छन् ।

प्रतिकृया दिनुहोस्