×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सेयर बजारमा ब्रेक, ४४ अङ्कले घट्यो नेप्से

सेयर बजारमा ब्रेक, ४४ अङ्कले घट्यो नेप्से

काठमाडौँ- मौद्रिक नीतिपछि लगातार बढेको सेयर बजारको उत्साह आज (मंगलबार) ब्रेक भएको छ । आज बजार ४४.८० अङ्कले घटेर २०८८.१६ बिन्दुमा झरेको छ । करिब डेढ महिनापछि २१०० को बिन्दु टेकेको बजारले मंगलबार भने त्यो स्थिति कायम राख्न सकेन । 

कारोबारमा आएका सबै समूहमा गिरावट आएको छ । २२२ कम्पनी सामेल भएको आजको बजारमा ३ अर्ब ७० करोड रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । जीवन बिमा, विकास बैङ्क, लघुवित्त समूहको गिरावट सबैभन्दा बढी छ ।

बजार घट्दा पनि मल्टिपर्पोज फाइनान्स, सुर्योदय लघुवित्त वित्तीय संस्था, युनाइटेड मोदि हाइड्रोपावरको सेयर मूल्यको वृद्धि सबैभन्दा बढी छ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्था र रिभर फल्स पावर लिमिटेडका सेयर धनीले सबैभन्दा बढी गुमाएका छन् ।

 

प्रतिकृया दिनुहोस्