राखेपले गठन गरेको छानबिन समितिको प्रतिवेदन सार्वजनिक हुनासाथ नेपाली राष्ट्रिय फुटबल टीमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आफू बाहिरिको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत् राजनीतिले काम गरेको भन्दै आफू बाहिरिने बताएका हुन् ।
उनले लेखेका छन्‚ ‘आई एम आउट‚ लेट पोल्टिक्स वर्क’ अर्थात्‚ ‘म बाहिरिएँ‚ राजनीतिलाई काम गर्न दिऔँ ।’