×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पोखरामा निषेधाज्ञा उलंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना

पोखरामा निषेधाज्ञा उलंघन गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना

पोखरा- जिल्ला प्रशासन कार्यालय कास्कीले एक सूचना जारी गर्दै कुनै व्यक्तिले निषेधाज्ञामा जारी गरेको आदेशको पालना नगरेमा एक लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने जनाएको छ ।

त्यस्तै संघसंस्थाले उलंघन गरेमा ५ लाखसम्म जरिवाना तिर्नुपर्ने भएको छ । नेपाल सरकारबाट कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ अनुसार कोही कसैले अध्यादेश बमोजिम जारी भएको मापदण्ड पालना नगरेमा नगद, कैद वा दुवै सजाय हुन सक्ने सूचनामार्फत कास्की प्रशासनले जानकारी दिएको हो ।

कोरोना संक्रमण बढ्दै गएकाले रोकथाम तथा नियन्त्रण प्रभावकारी रूपमा व्यवस्थापन गर्न यस्तो कारबाही अगाडी बढाएको हो ।

प्रतिकृया दिनुहोस्