×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

ललितको स्पिनसामु निरिह एपिएफ़, पुलिससँग ५८ रनले पराजित

ललितको स्पिनसामु निरिह एपिएफ़, पुलिससँग ५८ रनले पराजित

काठमाडौं- बायाँ हाते स्पिनर ललित नारायण राजवंशीले ८ ओभरमा मात्र ८ रन खर्चेर ५ विकेट लिएपछि विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहज जित हात पारेको छ । सोमबार भएको खेलमा पुलिसले एपीएफलाई ५८ रनले हराएको हो ।

शिद्धार्थ रंगशालामा पुलिसले दिएको १४६ रनको लक्ष्य पछ्याएको एपीएफले ३४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८७ रन बनायो । 
एपीएफका लागि सन्दीप जोराले नट आउट २५ रनको योगदान गरे । त्यस्तै अमर राउटेलाले २३ रन बनाउँदा पवन सर्राफले १३ रन बनाउ । 

पुलिसका लागि ललित राजवंशीले पाँच विकेट लिए । त्यस्तै राशिद खानले दुई विकेट लिँदा सागर ढकालले एक विकेट लिए । 

त्यसअघि पहिले ब्याटिङ गरेको पुलिसले ४१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १४५ रन बनायो । 

पुलिसका लागि दिलिप नाथले सर्वाधिक ४४ रन बनाए । त्यस्तै अर्जुन साउदले ३१ रन बनाउँदा शंकर रानाले २२ रनको योगदान गरे । 

एपीएफका लागि भुवन कार्कीले तीन विकेट लिँदा अमर राउटेला र  रमेश कुर्मीले दुई–दुई विकेट लिए । 
 

प्रतिकृया दिनुहोस्