काठमाडौं- ठगीको आरोप लागेपछि भक्तपुरको चाँगुनारायण नगरपालिका–७ का नवनिर्वाचित वडाध्यक्ष श्यामकृष्ण नायजू श्रेष्ठ फरार भएका छन् । भक्तपुरको सुडालस्थित सरकारी जग्गा र विभिन्न व्यक्तिको नाममा रहेको निजी जग्गासमेत जग्गाधनीको अनुमति बिना बिक्रीका लागि बैना लिई ठगी गरेको अभियोग लागेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका हुन् । प्रहरीले उनको खोजी गरिरहेको छ ।
आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका-१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । सो घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतक चन्द्रेश्वरकी बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका-४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो ।
घटनालगत्तै सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाको संयुक्त अनुसन्धान टोलीले अनुसन्धान थालेको थियो । घटनामा संलग्न रहेको पाइएपछि तीनै जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक सुभाष बुढाथोकीले जानकारी दिए । पारिवारिक रिसिइबीका कारण बाबुछोराको हत्या भएको खुलेको छ ।
मृतक सन्तकुमारको विवाह मोरङमा जेठ ११ गते हुने तय भएको थियो । सोही विवाहमा भाउजू शान्तिलाई फोनमार्फत नआउन र छोराछोरीमात्रै पठाउन भनेको रिसमा हत्या भएको देखिएको प्रहरीको दाबी छ ।
उक्त घटनामा प्रयोग भएको खुकुरी र खुकुरी राखेको झोला र चार थान मोबाइलसमेत बरामद गरिएको छ । पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।