×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमाले स्थायी बैठकद्वारा ३ वटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने निर्णय

एमाले स्थायी बैठकद्वारा ३ वटै प्रतिवेदन केन्द्रीय कमिटीमा लैजाने निर्णय

काठमाडौं - नेकपा एमालेको स्थायी कमिटीमा पेश भएको तीन वटै प्रतिवेदनको मस्यौदा केन्द्रीय कमिटी बैठकमा लैजाने भएको छ । सोमवार ललितपुरको तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसेको स्थायी कमिटीको बैठकले पेश भएको राजनीतिक, संगठनात्मक र विधान संशोधन प्रतिवेदन मस्यौदा केन्द्रीय कमिटी बैठकमा लाने निर्णय गरेको हो ।

बैठकपछि नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले स्थायी कमिटीका सदस्यहरुले विधान संसोधन सम्बन्धी प्रश्ताव, संघठन सम्बन्धी प्रस्ताव, साथै राजनीतिक प्रतिवेदन सम्बन्धी प्रश्तावमा सुझाव दिएको बताउनुभयो । उहाँले स्थायी कमिटीले दिएका सुझावहरुलाई समेटेर असोज ८ र ९ गते बस्ने केन्द्रिय कमिटीको बैठकमा राखिने र केन्द्रिय कमिटीमा आएका सुझावहरुलाई समेटेर असोज १५, १६ र १७ गते विधान राष्ट्रिय महाधिवेशनमा प्रश्तुत गर्ने निर्णय गरिएको बताउनुभयो । बैठकले सबै पदाधिकारीहरु हलबाट प्रत्यक्ष निर्वाचित गर्ने प्रस्ताव गरेको पनि उहाँले बताउनुभयो ।

प्रतिकृया दिनुहोस्