×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

काठमाण्डौसहित पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना

काठमाण्डौसहित पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना

काठमाडौं - काठमाण्डौसहित देशका धेरैजसो पहाडी क्षेत्रमा अहिले बादल लागेको छ । मौसमविद्काअनुसार आज दिनभरि नै काठमाण्डौसहित पहाडी क्षेत्रमा बादल लाग्ने सम्भावना छ ।
घाम लागिहाले पनि मलिनो लाग्छ । पानी पार्ने प्रणाली तत्कालका लागि नभएकाले अबको केही दिन  ठूलो पानी पर्ने वा झरी पर्ने  सम्भावना भने छैन ।उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ । यसैबीच आज बिहान काठमाण्डौ न्यूनतम तापक्रम हिजोभन्दा तीन डिग्री सेल्सियसले बढेको छ ।
हिजो काठमाण्डौको तापक्रम ११ डिग्री सेल्सियस रहेकोमा आज १४ डिग्री सेल्सियस पुगेको छ । 

प्रतिकृया दिनुहोस्