×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बझाङमा ट्याक्टर दुर्घटनामा हुँदा २ जनाको मृत्यु

बझाङमा ट्याक्टर दुर्घटनामा हुँदा २ जनाको मृत्यु

काठमाडौं- बझाङको छविसपाथीभेरा गाउँपालिका ५ थलारामा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

सोमबार राति करिब ८ बजे से २ त २३४३ ट्याक्टर दुर्घटना हुँदा छबिसपाथीभेरा ५ का चालक मंगल धामी र सहचालक धनबहादुर ठगुन्नाको मृत्यु भएको प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए । अवस्थीका अनुसार उनीहरुको घटनास्थलमै ज्यान गएको हो ।

ट्याक्टरमा झोलुंगे पुलका सामान थिए । तर ट्याक्टर उकालो बाटोमा चढ्न नसकी पछाडि सरेर दुर्घटना भएको प्रहरीले जनाएको छ । रुपन्देहीमा भएको दुर्घटनामा ३ जना घाइते

यसैगरी रुपन्देहीको रोहिणी गाउँपालिका ३ मा हिजो बेलुकी करिब ७ बजे मोटरसाइकल र साइकल ठोक्किंदा ३ जना घाइते भएका छन् ।

घाइते हुनेमा साइकलमा सवार नवलपरासी पश्चिमका ४२ वर्षीय राजेश सुनार र उनकी ८ वषर्ीया छोरी हिमशीतल तथा मोटरसाइकल चालक पाल्हिनन्दन गाउँपालिका ४ का ३० वर्षीय इन्द्रमणी ठाकुर रहेका छन् । घाइतेमध्ये मोटरसाइकल चालक ठाकुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई उपचारको लागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिएको छ ।

प्रतिकृया दिनुहोस्