नेपालले यूएईमा जारी आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज हङकङविरुद्ध खेल्दैछ । नेपाल र हङकङबीचको खेल बिहान ११ः१५ देखि मलेक क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।
नेपाल प्रतियोगितामा लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुरलाई ९६ तथा कुवेतलाई २४३ रनले हरायो ।
हङकङले पहिलो खेलमा कुवेतलाई १ विकेटले हराउँदा यूएईविरुद्ध १६३ रनको हार बेहोर्यो । ऊ प्रतियोगितामा दोस्रो जितको खोजीमा छ ।
प्रतियोगितामा नेपालसहित हङकङ, कुवेत, मलेसिया, सिंगापुर र यूएईले प्रतिस्पर्धा गरिरहेका छन् । तालिकाको शीर्ष स्थानमा रहने टोलीले २०२४ को यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपालले प्रतियोगितामा चौथो खेल १६ फागुनमा मलेसियाविरुद्ध खेल्ने तालिका छ ।
काठमाडौं-नेपालकाे यू–१९ टोली : देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।
नेपालले यूएईमा जारी आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज हङकङविरुद्ध खेल्दैछ । नेपाल र हङकङबीचको खेल बिहान ११ः१५ देखि मलेक क्रिकेट ग्राउन्डमा सुरु हुनेछ ।
नेपाल प्रतियोगितामा लगातार तेस्रो जितको खोजीमा छ । नेपालले पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुरलाई ९६ तथा कुवेतलाई २४३ रनले हरायो ।
हङकङले पहिलो खेलमा कुवेतलाई १ विकेटले हराउँदा यूएईविरुद्ध १६३ रनको हार बेहोर्यो । ऊ प्रतियोगितामा दोस्रो जितको खोजीमा छ ।
प्रतियोगितामा नेपालसहित हङकङ, कुवेत, मलेसिया, सिंगापुर र यूएईले प्रतिस्पर्धा गरिरहेका छन् । तालिकाको शीर्ष स्थानमा रहने टोलीले २०२४ को यू–१९ विश्वकप खेल्न पाउनेछ । नेपालले प्रतियोगितामा चौथो खेल १६ फागुनमा मलेसियाविरुद्ध खेल्ने तालिका छ ।
नेपालकाे यू–१९ टोली : देव खनाल (कप्तान), दीपेश कँडेल (उपकप्तान), आकाश त्रिपाठी, अर्जुन कुमाल, दीपक बोहरा, दीपक बोहरा, उत्तम थापामगर (विकेटकिपर) दीपक डुम्रे (विकेटकिपर), हेमन्त धामी, दुर्गेश गुप्ता, आकाश चन्द, सुवास भण्डारी, विशाल विक्रम केसी र मिलन बोहरा ।